कर्मचारी हाजिर नगराउने चितवनको कालिका नगरपालिका सहित ३५ स्थानीय तहलाई कारवाही !
चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई हाजिर नगराउने चितवनको कालिका नगरपालिका सहित ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ।
अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखालाई हालै पत्राचार गर्दै संघीय मामिलाले कर्मचारीलाई हाजिर नगराएका चितवनको कालिका नगरपालिका सहित स्थानीय तहहरूमा अनुदान कट्टा गरिदिन भनेको छ।
समायोजन भई स्थानीय तहमा गए पनि हाजिर हुन नपाएका कर्मचारीलाई तलब, भत्ता खुवाउन उक्त अनुदान रकम कट्टा गर्न लागिएको मन्त्रालयका ...


