×

चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई हाजिर नगराउने चितवनको कालिका नगरपालिका सहित ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखालाई हालै पत्राचार गर्दै संघीय मामिलाले कर्मचारीलाई हाजिर नगराएका चितवनको कालिका नगरपालिका सहित स्थानीय तहहरूमा अनुदान कट्टा गरिदिन भनेको छ।

समायोजन भई स्थानीय तहमा गए पनि हाजिर हुन नपाएका कर्मचारीलाई तलब, भत्ता खुवाउन उक्त अनुदान रकम कट्टा गर्न लागिएको मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीले जानकारी दिए।

स्थानीय तहबाट आएको मागका आधारमा मन्त्रालयले लोक सेवालाई पद संख्या उपलब्ध गराएपछि आवेदन खुलाएर परीक्षामार्फत् कर्मचारी राख्ने गरिन्छ। ‘कर्मचारी माग्ने अनि पठाएपछि हाजिर नगराउने? स्थानीय तहको यो मनलाग्दी रोक्न अनुदान कट्टा गर्न लागिएको छ,’ उनले भने, ‘साउनदेखि चैतसम्मको अनुदान कट्टा गर्ने हो।’यो अवधिमा ३५ स्थानीय तहबाट कूल एक करोड ८८ लाख १८ हजार आठ सय रूपैयाँ अनुदान कट्टा गर्न लागिएको छ।

हेर्नुस् अनुदान कट्टा भएका स्थानीय तहहरू:

MOFAGA_Notice_20201218104149

तपाईको प्रतिक्रिया