×

चितवन सेरोफेरो

पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी

पुरस्कारको रकमबाट बालबालिकालाई स्टेशनरी
माडी । पत्रकार नारायण सापकोटाले नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिबार आयोजित साधारण सभामा सम्मानित हुदाँ प्राप्त गरेको नगद पुरस्कारको रकमबाट बालबालिकाहरुलाई स्टेशनरी वितरण गरेका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाका ‌पुर्व सचिव नारायण सापकोटाले स्वर्गीय तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुदाँ प्राप्त गरेको रकमबाट माडी नगरपालिका वडा नं ९ को राइडाँडामा बसोबास गरिरहेका ६५ जना सुकुम्बासी चेपाङ बालबालिकाहरुलाई आइतबार स्टेशनरी वितरण गरेका हुन् । स्टेशनरी सा...

चितवनका चारजना पत्रकार सम्मानित

चितवनका चारजना पत्रकार सम्मानित
चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१औं साधारण सभा एवम्ं नवौ अधिवेशनको अवसरमा चितवनका चारजना पत्रकार सम्मानित भएका छन । पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक विकासमा योगदान पुर्याएको भन्दै पत्रकार शालिग्राम नेपाल ,रमेशकुमार पौडेल, होमनाथ सापकोटा र ध्रुवराज खनाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन निर्वाचन क्षेत्र नं. १ का सांसद तथा पूूूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कदरपत्र सहित सम्मान गर्नुभएको हो । साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरे...

काँग्रेस चितवनले सोमबार २५ हजार कार्यकर्ता सडकमा उतार्ने

काँग्रेस चितवनले सोमबार २५ हजार कार्यकर्ता सडकमा उतार्ने
चितवन । नेपाली काँग्रेस चितवनले सोमबार सरकार विरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको छ । पार्टी कार्यालय नारायणगढमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेसले सरकारविरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको हो । प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेसको तयारी छ । जिल्लाभर काँग्रेसका २६ हजार बढी कार्यकर्ता रहेका छन् । सबैलाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट ...

महासंघको साधारण सभामा चितवनका १३ जना पत्रकारहरु पुरस्कृत

महासंघको साधारण सभामा चितवनका १३ जना पत्रकारहरु पुरस्कृत
भरतपुर । पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा चितवनका १३ जना पत्रकारहरु पुरस्कृत भएका छन् । महासंघले साधारण सभाको अवसरमा शनिबार पत्रकारहरुलाई हौसला र उर्जा दिनको लागि जनही १० हजारदेखि ५० हजार बढीका पुरस्कारहरु प्रदान गरेको हो । मैयादेवी पत्रकारिता पुरस्कार–२०७६ र २०७७ बाट हरिप्रसाद पोखरेल र दिपेन्द्र बडुवाल, अनन्त गंगा पत्रकारिता पुरस्कारबाट रेशम विरही र ईश्वर जोशी पुरस्कृत हुनुुभएको छ । दुवै पुरस्कारको राशी जनही ५१ हजार १११ र ५० हजार ५१ रुपैयाँ रहेको छ । त्यसैगरी ...

पत्रकार महासंघ चितवनको साधरणसभाको तयारी पुरा

पत्रकार महासंघ चितवनको साधरणसभाको तयारी पुरा
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिवार हुने साधरण सभाको तयारी पुरा भएको छ । पत्रकार महासंघ चितवनको सभाहलमा विहान ११ वजेपछि सुरुहुने साधरणसभाको तयारी पुरा भएको जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साधरणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनु भयो । सो अवसरमा विभिन्न विधामा १३ जना पत्रकारलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । साधरणसभामा सचिव तीर्थ नेपालले सागंठानीक प्रतिवेदन...

धार्मिक सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान : मेयर दाहाल

धार्मिक सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान : मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताएकी छन् । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्ज मा रहेको ङाग्युर शेराब लिड्ग गुम्बा शिलान्यास कार्यक्रममा प्रमुख अतिथि दाहालले धार्मिक एवं सास्कृतिक जगेर्ना र बिकासका लागि निरन्तर सहयोग गरिरहेको बताइन् । ‘लामो बलिदानीपूर्ण संघर्षपछि मुलुकले धर्मनिरिपेक्षता प्राप्त गरेको भन्दै सबै धर्म संस्कृति र समुदायको संरक्षण र सवद्र्धन गर्न राज्यको पूर्ण दायित्व हो’ प्र...

चितवनमा हुने गौतमबुद्ध कप क्रिकेटमा सन्दीप नखेल्ने

चितवनमा हुने गौतमबुद्ध कप क्रिकेटमा सन्दीप नखेल्ने
काठमाण्डौ - सन्दीप लामिछाने चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । बिग ब्यासका लागि जाने तयारी गर्नुपर्ने भएकाले प्रतियोगितामा सहभागी नहुने सन्दीपले बताएका छन् । उनी डिसेम्बर १४ या १५ तारिखमा बिग ब्यास खेल्न अष्ट्रेलिया जाने तयारीमा छन । सन्दीप नेपालबाट गएपछि १४ दिन अष्ट्रेलियामा क्वरेण्टीनमा बस्नुपर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेल्न पाउनेछन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भा...

नारायणी किनारमा पर्यटकीय पूर्वाधारः साइकल मार्गदेखि आरती स्थलसम्म

नारायणी किनारमा पर्यटकीय पूर्वाधारः साइकल मार्गदेखि आरती स्थलसम्म
नारायण अधिकारी चितवन। नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्रसमेत आह्वान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको गुरुयोजनानुसार काम गर्न मन्त्रालयले बोलपत्रसमेत आह्वान गरेको बताउनुभयो । उहाँका अनुसार पैदल पथ (वाकवे), पार्किङ...

स्काभेटर आगजनी गरेको अभियोगमा अनिल शर्मा दशौँपटक पक्राउ

स्काभेटर आगजनी गरेको अभियोगमा अनिल शर्मा दशौँपटक पक्राउ
स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो । मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवा...