Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिवार हुने साधरण सभाको तयारी पुरा भएको छ । पत्रकार महासंघ चितवनको सभाहलमा विहान ११ वजेपछि सुरुहुने साधरणसभाको तयारी पुरा भएको जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साधरणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनु भयो ।
सो अवसरमा विभिन्न विधामा १३ जना पत्रकारलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । साधरणसभामा सचिव तीर्थ नेपालले सागंठानीक प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणी ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

महासंघ चितवन शाखाले साधरणसभाको अवसर पारि प्रकाशन गरेको पत्रकारिता चितवन नामक स्मारिकाको शनिवार नै विमोचन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव तीर्थ नेपालले बताउनु भयो । महासघको जिल्ला शाखामा नयाँ पुराना गरि २७६ जना सदस्यहरु रहेका छन ।

तपाईको प्रतिक्रिया