चितवन । रत्ननगर उद्योग बाणिज्य संघको २१औं साधारण सभा एवम्ं नवौ अधिवेशनको अवसरमा चितवनका चारजना पत्रकार सम्मानित भएका छन ।
पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक विकासमा योगदान पुर्याएको भन्दै पत्रकार शालिग्राम नेपाल ,रमेशकुमार पौडेल, होमनाथ सापकोटा र ध्रुवराज खनाललाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि चितवन निर्वाचन क्षेत्र नं. १ का सांसद तथा पूूूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कदरपत्र सहित सम्मान गर्नुभएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका व्यवसायीहरुले उद्योग र व्यापारलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन,नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाल ढकाल,नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ ।
संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद हरि अधिकारी,प्रदेश सांसद कृष्ण खनाल,घनश्याम दाहाल,कन्चन खनाल लगायतको सहभागिता रहेको थियो । भोली सोमवार विहानबाट सुरु हुने मतदानबाट बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली काँग्रेस निकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन । संघको वरिष्ठ उपाध्यक्ष सहित २१ पदमा निर्वाचन हुँदै छ । त्यसका लागि ४३ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन ।