
चितवन । नेपाली काँग्रेस चितवनले सोमबार सरकार विरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको छ । पार्टी कार्यालय नारायणगढमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरि काँग्रेसले सरकारविरुद्ध गर्ने प्रर्दशनको तयारी पुरा भएको जनाएको हो ।
प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेसको तयारी छ । जिल्लाभर काँग्रेसका २६ हजार बढी कार्यकर्ता रहेका छन् । सबैलाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाको ९८ वटै वडाबाट कार्यकर्ताहरु सहभागी हुने श्रेष्ठले बताउनु भयो ।
उहाँले लोकतन्त्रमाथि आस्था राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गर्नुभएको छ । “सरकारको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि नै प्रहार गरेको छ उहाँले भन्नुभयो , लोकतन्त्रमाथि प्रहार भइरहदा लोकतन्त्रमाथि आस्था राख्ने नेपालीहरु घरमै सुतेर बस्ने होइन, त्यसको जवाफ दिन उत्रिऔं । चितवन लोकतान्त्रिक आन्दोलनको अगुवा गर्ने जिल्ला भएकोले पनि लोकतन्त्रमाथि भइरहेको प्रहारको विरोधमा सबै सबै चितवनवासी उत्रिनु पर्ने उहाँको भनाई छ।
काँग्रेस चितवनले स्थानीय तहको गतिविधिलाई पनि गम्भीरताका साथ हेरिरहेको भन्दै उनले त्यसलाई पनि विरोध कार्यक्रममा उठाइने बताउनुु भयो । स्थानीय तह पनि काँग्रेसलाई पाखा लगाएर अधी बढ्न खोजेको उहाँको आरोप छ । यस्तै केही दिन अघी मात्र राजावादीले लोकतन्त्रको विरोधमा प्रदर्शन गरेकोले त्यसको जवाफ पनि भोलिको कार्यक्रमबाट नै दिइने उहाँले बताउनुभयो।