Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

भरतपुर । पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा चितवनका १३ जना पत्रकारहरु पुरस्कृत भएका छन् । महासंघले साधारण सभाको अवसरमा शनिबार पत्रकारहरुलाई हौसला र उर्जा दिनको लागि जनही १० हजारदेखि ५० हजार बढीका पुरस्कारहरु प्रदान गरेको हो ।

मैयादेवी पत्रकारिता पुरस्कार–२०७६ र २०७७ बाट हरिप्रसाद पोखरेल र दिपेन्द्र बडुवाल, अनन्त गंगा पत्रकारिता पुरस्कारबाट रेशम विरही र ईश्वर जोशी पुरस्कृत हुनुुभएको छ । दुवै पुरस्कारको राशी जनही ५१ हजार १११ र ५० हजार ५१ रुपैयाँ रहेको छ ।

त्यसैगरी जनही ११ हजार ३११ रुपैयाँको तिलचन्द्र शाखी स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटा र अनिल ढकाल सम्मानित हुनुभएको छ । त्यस्तै जनही ११ हजार १११ रुपैयाँ राशीको बालकुमारी–विष्णुकुमारी नारी अभ्युदय पत्रकारिता पुरस्कारबाट सरिता महतो र सुजिता हमाल पुरस्कृत हुनुुभएको छ ।

त्यसैगरी सुजाश्री मैयादेवी पुरस्कार २०७६ र २०७७ अनिता अर्याल र सविता दराईलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी जनही १० हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले साधारण सभाको अवसरमा उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठकलाई सम्मानित गरेको छ । पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ रहेको छ । पत्रकार महासंघले चितवन उद्योग संघको सहयोगमा यसैवर्षबाट वितरण गर्न सुरु गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रविण बराल पुरस्कृत हुनुुभयो । पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया