
चितवन । कूशासन, भ्रष्टाचार र दमन विरुद्ध नेपाली कांग्रेस चितवनले आज भरतपुरमा सरकार विरोधी प्रदर्शन गरेको छ । प्रदर्शनमा हजारौं कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले सम्बोधन गर्नुभएको थियो । प्रदर्शनमा जिल्लास्थित सबै पालिकाका ९८ वडाबाटै पार्टी नेता कार्यकर्ता र भातृ संगठनहरु सहभागी गराइएको नेपाली कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै कांग्रेसको आरोप छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ कांग्रेस चितवनले भनेको छ ।