Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । गौतम बुद्ध कप क्रिकेटको सोमबारको खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्यो । खेल नारायणीको पक्षमा गए पनि अन्तिम ओभरमा दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुईरदुई विकेट लिए ।प्रतियोगिताको फाइनलमा मङ्गलबार राप्ती र नारायणी नै खेल्ने छन् ।

तपाईको प्रतिक्रिया