मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, तीन जना घाइते
इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिकको मुग्लिङ-नारायणगढ सडकखण्डमा आज दिउँसो सडक माथिबाट खसेको ढुंगा एक भारतीय कारमा खस्दा तीन जना घाइते भएका छन्।
दुर्घटना दिउँसो करिब २:२५ बजे भएको हो। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट UP 80 GP 2928 को कार अचानक पहिरोका ढुंगाले च्यापेपछि सवार व्यक्तिहरु घाइते भएका हुन्।
तीनै जनाको प्रारम्भिक उपचारका लागि मुग्लिङस्थित स्थानीय मेडिकलमा पठाइएको छ।दुर्घटनामा कारमा क्षति पुगेको जनाइएको छ। कार हाल घटनास्थलमै रहेको र ह...


