अङ्कुरम् एकेडेमीमा अभिभावक प्रशिक्षण
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा २१औँ शताब्दीले अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए । ‘बदलिँद...


