चितवनको भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिक रहेको नारायणी नदीको छेउमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन्।आज दिउँसो करीब ३:३० बजे भरतपुर–१५ सूर्यनगरका १४/१५ वर्षीय मेक्सन पुन मगर पाँच जनाको समूहसहित पौडी खेल्न गएका बेला पानीमा डुबेर बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक काशीराज थापाको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोली घटनास्थलतर्फ खटिएको छ। हाल खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
अन्य चार जना किशोरहरू भने सकुशल रहेका छन्।प्रहरीले डुबेका किशोरको खोजी कार्य जारी राखेको छ भने स्थानीयहरूलाई नदी तथा जमेको पानीको क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।



उज्यालो खबर




