×

चितवन- चितवनको भरतपुर महानगरपालिका–२ स्थित क्षेत्रपुरमा स्मार्ट लाइट जडान गर्ने क्रममा करेन्ट लाग्दा दुई जना कामदार घाइते भएका छन्।

बिहिवार करिब १२:३० बजेको समयमा स्मार्ट लाइट जडानको क्रममा करेन्ट लागेर भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय अर्जुन राना र नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २२ वर्षीय सबिनन्दन शाहानी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

स्मार्ट लाइट जडानको काम ऐ.स्टिल जे.बी. सौर्य इनर्जी, चाबहिल काठमाडौंसँग ठेक्का सम्झौता भई भइरहेको थियो। करेन्ट लाग्दा दुवै जनाको हात र खुट्टामा चोट लागेको छ। उनीहरूलाई तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। दुबैको अवस्था मध्यम घाइते रहेको बताइएको छ।

घटनास्थलमा सोही कम्पनीका सुपरभाइजर अर्जुन पराजुलीको निगरानीमा काम भइरहेको थियो। सुरक्षासम्बन्धी तयारी अपुरो रहेको आशंका गरिएको छ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया