×

चितवन-  चितवनको भरतपुर महानगरपालिका–४ यज्ञपुरी चोकमा बिहिबार बिहान अचानक बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा महत्वपूर्ण सामग्रीहरू जली नष्ट भएका छन्।

बिहिबार बिहान करिब ११:५५ बजे भएको उक्त आगलागीबाट पोलमा जडान गरिएका विद्युत् तारहरू, यज्ञपुरी टोल विकास संस्थाको डिजिटल सूचना बोर्ड (१ थान) र सोही संस्थाले पोलमा जडान गरेको सीसी क्यामेरा (२ थान) पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगो स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।आगो विद्युत सर्टका कारण लागेको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया