×

चितवन-  चितवनको रत्ननगर नगरपालिका–३ स्थित शान्तिचोक नजिकै बिहीबार राति एक जनाको बोलेरो गाडीको ठक्करबाट ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा राति करिब १२:३० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मुकुन्द कंडेलको मृत्यु भएको हो। उनी कालिका नगरपालिका–२ का बासिन्दा थिए।

प्रदेश २–०२–००१ च ०५१० नम्बरको तरकारी बोक्ने बोलेरो गाडी खैरहनीबाट टाँडीतर्फ जाँदै गर्दा जनकपुरबाट काठमाडौं जाँदै गरेको नाइट बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते अवस्थामै कंडेललाई एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले राति १:१९ बजे मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा बोलेरोका चालक ३० वर्षीय हुमेश लामगाले (लेखनाथ नपा–२७, कास्की) र गाडीका मालिक ३४ वर्षीय ध्रुवराज पोखरेल (माछापुछ्रे गापा–३, कास्की) सामान्य घाइते भएका छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया