जनसेवा साकोसद्धारा अटिजम विद्यालयलाई सहयोग, आगलागीबारे चेतनामूलक प्रशिक्षण
चितवन- भरतपुर १२ सूर्यचोकमा मुख्य कार्यालय रहेको भरतपुर जनसेवा साकोसले आफ्नो २९औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।
संस्थाले प्रत्येक वर्षझैं यस वर्ष पनि असार १६ गते स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष कार्यक्रमहरू सम्पन्न गरेको हो। बिहान ९:३० बजे भरतपुर–१० बालमन्दिर स्थित अटिजम विद्यालयमा फर्निचर वितरण गरिँदा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कुल बहादुर खत्रीले गर्नुभयो।
त्यसैगरी, भरतपुर–१२ नौरंगे स्थित धनेश्वर शिवालय ...


