चालु खर्चभन्दा पूँजीगतमा बढी: खैरहनीले ल्यायो सन्तुलित बजेट
चितवन — खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३ करोड ८५ लाख १३ हजार ३५० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख कविता उप्रेतीले मंगलबार नगरसभामा बजेट प्रस्तुत गर्दै आर्थिक अनुशासन, उत्पादनमा आधारित अनुदान र सामाजिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगत खर्चतर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) विनियोजन गरिएको छ।
चालु आर्थिक वर्षमा नगरपालिकाले आन्तरिक...


