अपडेट: चितवनको राप्तीमा बस र ईभी ठोक्किँदा ७ जनाको मृत्यु, २५ जना घाइते
चितवन– चितवनको राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको खहरे पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी सवारी ठोक्किँदा ठूलो दुर्घटना भएको हो।दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।
मृतकको विवरण:
१. सोमप्रसाद रुपाखेती (५५), हटिया–३,...


