चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
चितवन ।स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ । आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । होटल तथा लज स्वास्थ्य म...


