चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा गएरातीदेखि खसेका पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक खण्डको भरतपुर–महानगरपालिका वडा नं। २९, सेतीदोभानमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार रातीबाट पहिरो निरन्तर खसिरहेको छ । पानी परिरहेको र पहिरो पनि खसिरहेकाले पन्छाउन समस्या भएको छ । पहिरो स्थलमा डोजर पुगेपनि पन्छाउन समस्या भएको प्रहरीको भनाई छ ।

काठमाण्डौंबाट चितवन फर्किदै गर्नुभएका चितवनका पत्रकार रमेश पौडेलका अनुसार हिजोदेखिका सवारी साधन सडकको दुवै तर्फ लामो लाईनमा रहेका छन् । पहिरो निरन्तर झरिरहेका कारण तत्काल खुल्ने अवस्था नदेखिएको पौडेलले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया