चितवन । विपक्षी गठबन्धनसंग आवद्ध विद्यार्थीहरुको संयुक्त गठबन्धनले आज चितवनको नारायणगढमा राँके जुलुस निकालेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् ।

उनीहरुले आज प्रहरीलाई समेत छक्याएर राँके जुलुस निकाल्न सफल भए । केहीदिन अघि विद्यार्थीहरु र प्रहरबीच वीरेन्द्र क्याम्पस गेटअगाडि झडप समेत भएको थियो । आज विद्यार्थीहरुले नेपाली काँग्रेसको कार्यालय कमलनगरबाट विद्यार्थीहरुले राँको बालेर पुलचोकसम्म पुगेका थिए । विद्याथीहरुले बालेको राँके निभाउन प्रहरीलाई हम्मे हम्मे परेको थियाे ।

जुलुसपछि आयोजित कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकालले ओली सरकारको कारण विद्यार्थीहरु कोरोना माहामारीको बेलामा पनि सडक आन्दोलन गर्न बाध्य भएको बताए ।यस्तै अखिल क्रान्तिकारी चितवनका संयोजक अविनाश रम्तेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशीले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिए ।

 

 

तपाईको प्रतिक्रिया