चितवन । चितवनको राप्ती नगरपालिका वडा नं.३ बाट केहिदिन अघि बेपत्ता भएकि सुजिता भण्डारीको शव फेला परेको छ । राप्ती नगरपालिका वडा नं. ३ मा रहेको ब्रमस्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिएको हो ।
जंगलको विच भागको झाडिमा रहेको शव सडेको अवस्थामा रहेको भएपनि उनका आफन्तले शव भण्डारीकै भएको पुष्टि गरेको राप्ती नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार उप्रेतीले उज्यालो खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शव अहिले पनि सोहि स्थानमा रहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलिले शव फेला पारेका थिए । भण्डारीको हत्या कसले र किन गर्यो भन्ने सम्वन्धमा केहि खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया