×

चितवन सेरोफेरो

कालीखोलामा पहिरो : नारायणगढ -मुग्लिन सडकखण्ड अवरुद्ध

कालीखोलामा पहिरो : नारायणगढ -मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोला नजिकै पहिरो खस्दा सडक पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । विहान ४ः३० वजे गएको पहिरो हटाउन केहि घण्टा लाग्ने भएकाले धैर्यतापूर्वक आफ्नो लेनमा बस्न वा बैकल्पीक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । हरेक दिनजसो मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना
चितवन  । राष्ट्रिय युवा संघ नेपालले कालिकामा आजदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कालिका नगरपालिकाको वडा नं. ७ मा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल(शैलेस) ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सचिव खनालले नेकपा एमाले भित्र रहेका युवाहरु देश विकासको एउटा आधार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सचिव खनालले सबै युवा सदस्य नविकरण गर्ने अभियानमा जोडिन आग्रह गर्नुभयो । देशव्यापी रुपमा सदस्यहर...

राष्ट्रिय युवा संघ कालिकाले बाढी प्रभावित क्षेत्रमा ७ सय विरुवा रोप्यो (फोटो फिचर)

राष्ट्रिय युवा संघ कालिकाले बाढी प्रभावित क्षेत्रमा ७ सय विरुवा रोप्यो (फोटो फिचर)
चितवन । राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी चितवनले कालिकाको उदयपुर सामुदायिक वन क्षेत्रको बाढी प्रभावित क्षेत्रमा वृक्षारोपण गरेको छ। वृक्षा रोपण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताव डल्लकोटीले संरक्षणको पाटोमा युवाहरुको बेग्लै योगदान रहेको बताउनुभयो । राष्ट्रिय संघ नेपालसंग आवद्ध युवाहरु संरक्षणको पाटोमा सधैगरी यसैगरी अगाडी बढ्ने समेत बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय सचिव डल्लाकोटीले वृक्षा रोपणसँगै यसको रे...

बाह्रघरेमा माछा मार्ने क्रममा ह्यूम पाईपमा छिरेका एक जना वेपत्ता

बाह्रघरेमा माछा मार्ने क्रममा ह्यूम पाईपमा छिरेका एक जना वेपत्ता
चितवन –चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेका एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईप भित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ वेपत्ता भएका हुन् । माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । अहिले प्रहरीले श्रेष्ठको खोजीकार्य भईरहेको जनाएको छ ।

चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै

चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै
नारायण अधिकारी चितवन । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा। भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ ...

देवघाटको एक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरे

देवघाटको एक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरे
देवघाटको एक व्यावसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रूपमा बाख्रा मरेका हुन् । पछिल्लो दिनमा यो सङ्ख्या बढ्दो छ । देवघाट गाउँपालिका–५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका–९ निवासी भट्टराईले गतवर्षको असोजदेखि बाख्रा फर्म शुरु गर्नुभएको हो । उहाँका अनुसार माउ बाख्रा बढी सङ्ख्यामा मरेका छन् । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।” अहिले पनि ...

सुजिता मृत्यु प्रकरण र बिना बेपत्ता भएको घटनाको निष्पक्ष छानविन हाेस : एमाले चितवन

सुजिता मृत्यु प्रकरण र बिना बेपत्ता भएको घटनाको निष्पक्ष छानविन हाेस : एमाले चितवन
चितवन । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिता भण्डारी मृत्यु प्रकरण र गैंडाकोट २१ की बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आज बुधबार पार्टी जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न माग गरिएको छ । ‘बेपत्ता भएको ९ दिनपछि शव फेला परेको सुजिता मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ भने उनको भिसेरा परीक्षणको रिपोर्ट केही दिनमा...

गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ

गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ
चितवन । गाई काटेको आरोपमा चितवनमा तीनजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नं. १ सुन्दरबस्तीबाट उनिहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं. १ का ३२ वर्षीया उर्मिला परियार, १६ वर्षका सविन परियार र १६ वर्षकै सुवास परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलिले सुन्दरबस्ती स्थित महेन्द्र सुबेदीको केराबारी नजिकै घोलको खाली खाली जग्गामा गाई काटेर भाग लगाउदै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका सबैलाई चितवन जिल्ला अद...

प्लेन चढेर आउने अभियान्ताका कारण अनुसन्धानमा कठिन : चितवन प्रहरी

प्लेन चढेर आउने अभियान्ताका कारण अनुसन्धानमा कठिन : चितवन प्रहरी
चितवन । चितवन प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानमा कठिनाई भइरहेको जनाएको छ ।आज (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले अनुसन्धानमा तिव्रता दिईएपनि अनावश्यक अवरोधका कारण अनुसन्धानमा कठिनाइ भइरहेको बताएको हो । प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अवरोधकाबीच विभिन्न कोणबाट घटना बारे अनुसन्धान भइरहेको भन्दै छिट्टै घटना बारे तथ्य सार्वजनिक गरिने बताए । उनले प्रहरीलाई अनुसन्धानमा सघाउन स्थानीयले भूमिका खेल्नुपर्ने बेलामा उल्टै अनुसन्धानलाई प्रभावित हुने गरी अवरोध...