चितवन । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी २३ वर्षीय सुजिता भण्डारी मृत्यु प्रकरण र गैंडाकोट २१ की बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आज बुधबार पार्टी जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्न माग गरिएको छ ।

‘बेपत्ता भएको ९ दिनपछि शव फेला परेको सुजिता मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ भने उनको भिसेरा परीक्षणको रिपोर्ट केही दिनमा आउने बताएको छ ।अनुसन्धान र भिसेरा परीक्षणले केही दिनमा सत्यतथ्य बाहिर आउने नै छ’ विज्ञप्तिमा भनिएको छ ।यस विषयलाई लिएर घटनालाई अतिरञ्जित गर्ने, समाजमा अस्थिरता फैलाउने र परिवार, आफन्त र स्थानीयलाई भड्काउने किसिमले केही युट्युबमा अनावश्यक अतिरञ्जित गरेको पाइएकाले एमाले चितवनले यो बेला आम जनसमुदाय, पार्टी कार्यकर्ता सुवेच्छुक सबैमा संयमता अपनाउन आग्रह गरेको छ ।

घटनालाई स्वतन्त्रापूर्वक अनुसन्धान गर्न सबैले सहयोग समेत अपिल पार्टीले अपिल गरेको छ । सोही घटनालाई लिएर प्रशासनले जनतालाई आतंकित बनाउने कार्य स्वरुप लगाइएको कफ्र्यू रोक्न र जनसमुदायलाई पनि संयमता अपनाउन अनुरोध गरेको छ ।यस्तै गैंडाकोटबाट हराएकी युवती बिना सापकोटाको पनि यथाशिघ्र खोजबिन गरी सत्यतथ्य बाहिर ल्याउन पार्टीले माग गरेको छ । चितवनको माडी क्षेत्रमा बुधबार र बिहीबार परेको अविरल वर्षाले दर्जनौ घर डुबानमा परेकाको उद्दार र राहतमा खटिन नेताकार्यकर्तालाई निर्देश गरिएको छ ।

तपाईको प्रतिक्रिया