चितवन  । राष्ट्रिय युवा संघ नेपालले कालिकामा आजदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कालिका नगरपालिकाको वडा नं. ७ मा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल(शैलेस) ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सचिव खनालले नेकपा एमाले भित्र रहेका युवाहरु देश विकासको एउटा आधार रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सचिव खनालले सबै युवा सदस्य नविकरण गर्ने अभियानमा जोडिन आग्रह गर्नुभयो । देशव्यापी रुपमा सदस्यहरुको नविकरण गर्ने अभियान छ उहाँले भन्नुभयो–‘सबै युवाहरु जोडिएर आफुलाई पार्टीकरणगर्ने महाअभियान आजैदेखि थाल्नुस ।’ कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, युवासंघ कालिकाका इन्चार्ज हिक्मत पुरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम राष्ट्रि युवा संघ नेपाल कालिकाका अध्यक्ष पूर्ण महतोको अध्यक्षतामा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया