चितवन । राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी चितवनले कालिकाको उदयपुर सामुदायिक वन क्षेत्रको बाढी प्रभावित क्षेत्रमा वृक्षारोपण गरेको छ। वृक्षा रोपण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव प्रताव डल्लकोटीले संरक्षणको पाटोमा युवाहरुको बेग्लै योगदान रहेको बताउनुभयो ।

राष्ट्रिय संघ नेपालसंग आवद्ध युवाहरु संरक्षणको पाटोमा सधैगरी यसैगरी अगाडी बढ्ने समेत बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय सचिव डल्लाकोटीले वृक्षा रोपणसँगै यसको रेखदेखमा पनि निगरानी राख्न निर्देशन दिनुभयो । कालिका नगरपालिकाको वडा नं. ७ स्थित उदयपुर सामुदायिक वनको बाढी प्रभावित २ हेक्टर क्षेत्रफलमा सिसौं, खयर, एबोगार्ड लगायतका ७ सय विरुवा रोपिएको छ ।

कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला सचिव प्रकाश खनाल(शैलेस) नेकपा एमाले कालिका नगरका इन्चार्ज टिकाराज रिजाल, राष्ट्रिय युवा संघ नेपाल कालिका इन्चार्ज हिक्मत पुरी लगायतको उपस्थिती थियो । कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कालिकाका अध्यक्ष पूर्ण महतोको अध्यक्षतामा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया