×

चितवन सेरोफेरो

चितवनमा माधव नेपालको पुत्ला दहन !

चितवनमा माधव नेपालको पुत्ला दहन !
राष्ट्रिय युवा संघ नेपाल कालिकाद्वारा आज राती अगाडी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गर्दै र्याली तथा नाराबाजी सहित कोणसभा गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कालिकाको आयोजनामा पुर्बी चितवनको खोलेसिमल बजारमा  बिरोध र्याली पछी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका थिए । आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गरि नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने गद्दार नेता नेपाल अब एमाले हुन नसक्ने भन्दै युवाहरूले चर्को नाराबाजी समेत गरेका थिए । सो कार्यक्रम रा...

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु
चितवन। चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।रत्ननगर नगरपालिका-११ स्थित पञ्चकन्या सामुदायिक वनमा आइतबार दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

ट्यांकरको ठक्कर बाट मोटरसाईकलमा सवार युवती गम्भिर घाईते

ट्यांकरको ठक्कर बाट मोटरसाईकलमा सवार युवती गम्भिर घाईते
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वि चितवनको खैरहनीमा आज सांझ भएको सवारी दुर्घटनामा परी एक युवती गम्भिर घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ८ ख ३०२४ नम्वरको ट्यांकरले सोहि दिशा तर्फ जादै गरेको ना ४४ प ५१२२ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा मोटरसाईकलमा सवार खैरहनी १० चितवन निवासी अन्दाजी २२ ÷२३ बर्षिया सृजना चौधरी रहेकी छन् । घाईते लाई उपचारको लागी भ...

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ

दुई करोड जरिवाना तोकिएका प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो । चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टो...

चितवनमा  मानबअधिकार उल्लंघनका घटनामा कमि 

चितवनमा  मानबअधिकार उल्लंघनका घटनामा कमि 
चितवन । सन् २०२१ जनवरी देखि जुन सम्ममा जिल्लामा मानब अधिकार उल्लंघनका घटना घटेका छन् । सन २०२० को सोहि समयमा भएका घटना भन्दा अहिले घटना कम भएका हुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले चितवनका अनुसार यस ६ महिनामा महिला बलात्कारका घटना, ६ वटा, बालिका बलात्कारका १३ वटा, महिला बलात्कार प्रयास २ वटा र बालिका बलात्कार प्रयास ३ वटा घटना भएका छन् । यस्तै बाल यौनदुरुपयोगका घटना १० वटा, बालिका बेचबिखन १ वटा, वहुविवाह ३ वटा, बालविवाह १ वटा भएका छन् । आत्महत्या दुरुपयोगको १ व...

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण
चितवन । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रत्यारोपणबारे जानकारी दिएको छ । कलेजका म्यानेजर प्रताप देवकोटाका अनुसार जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं। ९ का ४७ वर्षिय भरतविक्रम शाहीको प्रत्यारोपण गरिएको हो । उहाँको असार १८ गते १५ घण्टा लगाएर कलेजेको प्रत्...

जन्मदिनको अवसरमा खाद्यान्न वितरण तथा बृक्षारोपण

जन्मदिनको अवसरमा खाद्यान्न वितरण तथा बृक्षारोपण
चितवन ।लायन्सक्लव अफ भरतपुर उज्यालोका संस्थापक अध्यक्ष रितु गिरीकी सुपुत्री रेमिना गिरीको जन्मदिनको अवसरमा देवघाटमा खाद्यान्न वितरण तथा बृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ ।देवघाटधाममा रहेको समाज कल्याणबृद्धा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सातहजार रुपैया बराबरको खाद्यान्न वितरण गर्नुका साथै आश्रम परिसरमा बृक्षारोपण गरिएको लायन्सक्लव अफ भरतपुर उज्यालाेले जनाएको छ । सो अवसरमा आश्रममा रहेका बृद्धाबद्धाहरुलाई क्यारेमबोर्ड र कपास उपलव्ध गराइएको थियो ।क्लवका अध्यक्ष प्रमिल...

दान, जनचेतना र शिक्षा अभियानमा चिकित्सक दम्पत्ती

दान, जनचेतना र शिक्षा अभियानमा चिकित्सक दम्पत्ती
चितवन  ।  यहाँका दन्त चिकित्सक दम्पत्ति दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहनु भएको छ । प्राकृतिक विपत्तीमा परेका बेला सहयोगदेखि दन्त रोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उहाँहरुले निरन्तर सहयोग गरिरहनु भएको हो । भरतपुर, नारायणगढ र टाँडी बजारमा रहेको साईराम डेन्टल केयरका सञ्चालकद्वय डा.अजय न्यौपाने र डा. सरु थापा न्यौपाने आफ्नो कमाईको २० प्रतिशत हाराहारी दानमा नै खर्चिनु हुन्छ । दन्त चिकित्सामा नाम चलेको यो जोडिले दन्त पर्यटनमा...

चितवनमा विद्यार्थीहरुले प्रधानन्यायाधीशको पुत्ला जलाए (भिडिओ सहित )

चितवनमा विद्यार्थीहरुले  प्रधानन्यायाधीशको पुत्ला जलाए (भिडिओ सहित )
चितवन ।भरतपुरको चौबीसकोठीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाईएको छ । नेकपा एमाले निकट युवा विद्यार्थीहरुले जबराको पुत्ला जलाएका हुन् । अनेरास्ववियू चितवनको संयोजनमा आज साँझ आयोजित कोणसभा सम्पन्न भए लगत्तै युवा विद्यार्थीले जबराको पुत्ला जलाएका थिए । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति भएपनि प्रहरीलाई झुक्याउँदै उनीहरुले पुत्ला जलाए । सो अवसरमा उनीहरुले प्रधानन्यायाधीश विरुद्ध चर्का नारा लगाएका थिए । कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पो...