चितवन ।लायन्सक्लव अफ भरतपुर उज्यालोका संस्थापक अध्यक्ष रितु गिरीकी सुपुत्री रेमिना गिरीको जन्मदिनको अवसरमा देवघाटमा खाद्यान्न वितरण तथा बृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ ।देवघाटधाममा रहेको समाज कल्याणबृद्धा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सातहजार रुपैया बराबरको खाद्यान्न वितरण गर्नुका साथै आश्रम परिसरमा बृक्षारोपण गरिएको लायन्सक्लव अफ भरतपुर उज्यालाेले जनाएको छ ।


सो अवसरमा आश्रममा रहेका बृद्धाबद्धाहरुलाई क्यारेमबोर्ड र कपास उपलव्ध गराइएको थियो ।क्लवका अध्यक्ष प्रमिला प्रधानको अध्यक्षतामा एवंम् देवघाट क्षेत्रविकास समितिका अध्यक्ष बद्री अधिकारीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा  विशिष्ट अतिथि रिजन चेयर पर्शन रितु गिरी, देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे , जोन चेयर पर्शन उपकार सापकोटा, क्लवका निर्वतमान अध्यक्ष लक्ष्मी कुमारी रिजाल , प्रथम उपाध्यक्ष हरि पोखरेल लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया