राष्ट्रिय युवा संघ नेपाल कालिकाद्वारा आज राती अगाडी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गर्दै र्याली तथा नाराबाजी सहित कोणसभा गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कालिकाको आयोजनामा पुर्बी चितवनको खोलेसिमल बजारमा  बिरोध र्याली पछी नेकपाका नेता माधवकुमार नेपालको पुत्ला दहन गरेका थिए । आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गरि नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने गद्दार नेता नेपाल अब एमाले हुन नसक्ने भन्दै युवाहरूले चर्को नाराबाजी समेत गरेका थिए । सो कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल कालिकाका संयोजक पुर्ण चौधरीको संयोजकत्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया