चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोला नजिकै पहिरो खस्दा सडक पुर्णरुपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विहान ४ः३० वजे गएको पहिरो हटाउन केहि घण्टा लाग्ने भएकाले धैर्यतापूर्वक आफ्नो लेनमा बस्न वा बैकल्पीक मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
हरेक दिनजसो मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

तपाईको प्रतिक्रिया