×

चितवन सेरोफेरो

चितवनको टिकौली जंगलमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनको टिकौली जंगलमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं. ९ टिकौली जंगलमा बिरगंजबाट काठमाण्डौ तर्फ आई रहेको ना७ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिँदा स्थानीय ६१ वर्षका प्राण जवाराको मृत्यु भएको हो । चितवन प्रहरीका अनुसार भरतपुरबाट टांडी तर्फ गई रहेको बा८३प ५५३ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएका जवाराको सााँझ ७ वजे नयाँँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । स्कुटरल...

चितवनबाट बच्चा चोरी गरेर लैजाँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ

चितवनबाट बच्चा चोरी गरेर लैजाँदै गरेको अवस्थामा भारतीय महिला पक्राउ
चितवन । चितवनमा बच्चा चोरी गरेर लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ परेकी छिन् ।भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जानगरबाट ४ बर्षिय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा भारतको रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पुर्याएकाे देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकी पालमाथि अपहरण तथा शरीर बन्धक सम्वन्धी मुद्धामा कारबाही गरिने प्रहरीले जनाएको छ ।पछिल्लो समय बच्चाचोरीका खबरहरु आ...

वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित

वरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल प्रवल जनसेवाश्री पदकबाट विभुषित
चितवन । नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी उमाशंकर अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरिएको छ । लामो समयदेखि समाजसेवाको माध्यमबाट समाजमा अपुरणीय योगदान दिएको भन्दै नेपाल सरकारले संविधान दिवशको अवसरमा अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरेको हो । भरतपुर महानगरपालिका वडा नं. १ निवासी अग्रवाल समाजसेवाको क्षेत्रमा परिचित नाम हो । उहाँ बागेश्वरी आध्यात्मिक परिषदको सल्लाहाकार, पतान्जली योग समिति चितवनको सल्लाहकार, हाम्रो घ...

चितवनमा माओवादी छाड्ने बढे, एकैदिन १५० जना एमाले प्रवेश

चितवनमा माओवादी छाड्ने बढे, एकैदिन १५० जना एमाले प्रवेश
चितवन । चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । एकीकृत माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो । चितवनका विभिन्न पालिकाबाट १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई एमाले पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलगायतले स्वागत गरेका थिए । यसअघि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले परियारसँगै माओवादी नेता अन्जन तिमिल्सिना र अन्य नेताहरुल...

चितवनमा पनि पठाओले सेवा सुरु गर्ने

चितवनमा पनि पठाओले सेवा सुरु गर्ने
चितवन ।  राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् । ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्दे...

चितवन राष्ट्रिय निकुञ्ज ५० औँ वर्षमा प्रवेश , संरक्षणमा चुनौती कायमै

चितवन राष्ट्रिय निकुञ्ज ५० औँ वर्षमा प्रवेश , संरक्षणमा चुनौती कायमै
चितवन ।  नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज असोज ४गते  देखि ५० औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले ५० औँ वर्ष अर्थात स्वर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै छ । यहीँ असोज ०७ गते औपचारिक कार्यक्रम गरि स्वर्ण वर्ष शुभारम्भ गरिँदै छ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्जले स्वर्ण वर्ष मनाइरहँदा संरक्षण भने अझै पनि चुनौतिप...

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

चितवनमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु
चितवन । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका– १ का २७ वर्षीय पुरुष रहेका छन् ।उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ स...

औषधी व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा अधिकारी विजयी

औषधी व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा अधिकारी विजयी
चितवन । विनोद प्रसाद तिमिल्सीनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल औषधी व्यवसायीसंघ चितवनको सातौँ जिल्ला अधिवेशन भरतपुरमा सम्पन्न भएको छ ।संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) विजयी हुनुुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उपकोषाध्यक्षमा नवराज कंडेल निर्विरोध निर्वाचित भएको औषधी व्यवसायी संघ चितवनका नवनिर्वाचित महासचिव तारानाथ अधिकारीले जानकारी दिनुभयो । सदस्यहरुको लागि भएको चुनावम...

भरतपुरमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ

भरतपुरमा नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्ने मानिस पक्राउ
चितवन। चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएक...