×

चितवन सेरोफेरो

विकासको लहर ल्याउन मलाइ जिताउनुस् : बिक्रम पाण्डे

विकासको लहर ल्याउन मलाइ जिताउनुस् : बिक्रम पाण्डे
चितवन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आँफुलाई जिताउन आग्रह गर्नुभएको छ । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कालोपत्रे टाँसेको भरमा विकास गर्याै भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जीकिर गर्नुभयो ।“कालोपत्रे टाँसेको भरमा विकास हुन्छ र ? खै गुरुयोजना, ७७ वटै जिल्लामा गुरुयोजना छैनन्”, उहाँले भन्नुभयो, “टालटुले विकासले देशको ढुकुटीमात्...

आज राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा हुँदै

आज राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता सभा हुँदै
काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज पार्टी एकता घोषणा सभा हुने भएको छ। विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गर्न लागेका छन्। आज मध्यान्ह १२,३० बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राप्रपा-मिश्र पक्षबीच एकता घोषणा सभा हुनेछ। राप्रपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार मिश्रसहित विवेकशील साझा पार्टीका केही केन्द्रीय सदस्यहरू पनि राप्रपामा आउनेछन्। मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा ल्याएक...

नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता

नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता
चितवन–नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर आज दिउँसो १२ः३० बजे धादिङ महाबिरबेशी घर भई हाल हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय छोरा अभिषेक अधिकारी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । देवघाट प्रहरीले दिउँसो १ बजे घटना बारे जानकारी पाएको थियो । अधिकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

आँपटारी विद्युत सबस्टेशनमा प्राविधिक समस्या

आँपटारी विद्युत सबस्टेशनमा प्राविधिक समस्या
चितवन–आँपटारीस्थित न्यु भरतपुर विद्युत सबस्टेशनमा गएराती १ बजेदेखि प्राविधिक समस्या आएको छ । सबस्टेशनमा प्राविधिक समस्या आएपछि गणेशस्थान, औद्योगिक–३, कल्याणपुर, क्षेत्रपुर र देवघाट फिडर अवरुद्ध भएका छन् । समस्या समाधानको लागि प्राविधिकले काम गरिरहेकाले विद्युत सेवा सुचारु हुन केहि समय लाग्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा चितवनकी रोशनी अधिकारी

वातावरण पत्रकार समुह (नेफेज)को अध्यक्षमा चितवनकी रोशनी अधिकारी
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह(नेफेज)को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी महिला पत्रकार रोशनी अधिकारी निर्वाचित हुनु भएको छ । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित हुनु भएको हो । समितिको उपाध्यक्षमा गोपाल तिवारी,महासचिवमा सबिन शर्मा , सचिबमाप्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन हुनु भएको छ । यस्तैे सदस्यहरुमा टिका बन्दना ,अभयराज जोशी, सृष्टि काफ्ले , सुजाता कार्की , शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल...

भरतपुरमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु

भरतपुरमा बँदेलको आक्रमणबाट एकजनाकाे मृत्यु
चितवन । चितवनको भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ दिपेन्द्र टोलका दिपक विकलाई असोज ६ गते बँदेलले आक्रमण गरेको थियो । घर अगाडि बँदेलको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको वडाध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो । विकको उपचारका लागि वडाले समेत आर्थिक सहयोग गरेको थियो ।

चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन ।  चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङकाे टिप्परको ठक्करबाट ज्यान गएकाे हाे । आज  दिउसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते भएका थिए । घ...

दायरा विस्तारमा पठाओ, आजबाट चितवनमा पनि सेवा सुरु

दायरा विस्तारमा पठाओ, आजबाट चितवनमा पनि सेवा सुरु
चितवन। राइड सेयरिङ प्लाटफर्म पठाओले स्थापना भएको चार वर्षमा चितवनमा सेवा विस्तार गर्ने भएको छ। काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओले आउँदो असोज ८ गते  (आजबाट)   चितवनमा सुरु गर्न लागेको जनाएको छ। कम्पनीले बिहीबार औपचारिक घोषणा गर्दै सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ। यो प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको बताउँदै पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालले भनिन्, चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सब...

पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले बन्द रहेको नारायणगढ–मुग्लिन सडक खुल्यो
काठमाण्डौ।  पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।