×

चितवन सेरोफेरो

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
चितवन–लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज (बिहीबार) विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । अहिले सडक विभागसंग समन्वय गरेर बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । वर्षाको बेलामा यस सडक खण्डले सास्ती दिँदै आइरहेको छ ।

चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
चितवन ।  चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्। भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पँगेनीको मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्...

विरामीको मृत्यु भएपछि आफन्तद्धारा चितवन मेडिकल कलेजमा प्रर्दशन

विरामीको मृत्यु भएपछि आफन्तद्धारा चितवन मेडिकल कलेजमा प्रर्दशन
चितवन । चिकित्सकको लापहरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) मा आफन्तले प्रदर्शन गरेका छन् ।भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका वर्ष ३६ का रमेश कुंवरको चिकित्सकको लापहरबाहीका कारण ज्यान गएको भन्दै उनका आफन्तले अस्पताल घेराउ गरेका हुन् । हिजो विहान ७ वजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए ।मृतक रमेशका ज्वाँई सागर कुंवरले आफ्ना जेठानको चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै निश्पक्ष छानविनक...

मासुको हड्डी अड्किएर चितवनमा एक पुरुषकाे मृत्यु

मासुको हड्डी अड्किएर चितवनमा एक पुरुषकाे मृत्यु
चितवन । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अष्टमी (सोमबार) को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प...

विवेकशील साझाका शरदराज पाठकद्धारा राजीनामा

विवेकशील साझाका शरदराज पाठकद्धारा राजीनामा
काठमाडौं। विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वप्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन्। उनले सोमबार पार्टी अध्यक्षसमक्ष सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन्। पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले जानकारी दिए। ‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय ...

श्रीमान श्रीमती चढेको कार त्रिशुलीमा खस्यो, दुवैजना शकुसल, कार नदीमा बेपत्ता

श्रीमान श्रीमती चढेको कार त्रिशुलीमा खस्यो, दुवैजना शकुसल, कार नदीमा बेपत्ता
चितवन । पोखराबाट झापा जान आउदै गरेको कार भरतपुर महानगरपालिका वडा नं. २९ स्थित सत्रकिलो भन्ने स्थानबाट त्रिशुलीमा खसेर बेपत्ता भएको छ ।बा १० च ५४४५ नम्बरको कार विहान सवा ७ वजे त्रिशुलीमा खसेर बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारचालक झापाको दमक नगरपालिका वडा नं. ३ का ५२ वर्षका लिला भट्टराई र उनकि श्रीमती ४० वर्षका देउकला दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

रबि लामिछानेलाई डेंगु संक्रमण,चितवनमै आराम गर्दै

रबि लामिछानेलाई डेंगु संक्रमण,चितवनमै आराम गर्दै
चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछानेलाई डेंगु संक्रमण भएको छ । उनलाई ज्वरो र शरीर दुखाइको समस्या देखिएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको हो । चितवनको माडीमा आयोजित कार्यक्रम सकेर फर्केपछि उनि विरामी भएका थिए । लामिछानेले चितवनमै आराम गरिरहेका छन् । उनले केहीदिन आराम गर्नुपर्ने भएकाले भरतपुर,तनहुँ,लम्जुङ र गोरखाका लागि तय भएका कार्यक्रममा सहभागि हुन नसक्ने फेसबुक मार्फत जानकारी गराएका छन् ।

चितवनमा चौध हजारले जोडे तीव्र गतिको फाइबर इन्टरनेट

चितवनमा चौध हजारले जोडे तीव्र गतिको फाइबर इन्टरनेट
चितवन ।  चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर ...

विश्व मुटु दिवस : बाल मुटुराेग चुनाैती र अवसर !

विश्व मुटु दिवस : बाल मुटुराेग चुनाैती र अवसर !
डा. अजित कुमार मिश्र चितवन ।  देवघाट–४, तनहुँ घर भएकी छ महिनाकी कविता रेग्मीलाई (नाम परिवर्तन) स्वास फेर्न गाहो हुने, तौल नबढ्ने, बान्ताहुने, धेरै पसिना आउने समस्या भएर उनकी आमा र बुवाले भरतपुर अस्पतालमा उपचारको लागि लगे । उनलाई मुटुको समस्या हुन सक्ने शंकामा मुटुको जाँंच (echocardiography) उपचारका लागि भरतपुर अस्पतालले भरतपुर स्थित निकाे बाल अस्पताल रिफर गरियाे । ईको जाँच गर्दा उनको मुटुको तल्लो दुई कोठाको बिचमा प्वाल (VSD) भएको पत्ता लाग्यो । त्यसको उपचारको लागि उनलाई...