काठमाडौं। विवेकशील साझा पार्टीका कार्यसम्पादन समिति सदस्य तथा पूर्वप्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन्। उनले सोमबार पार्टी अध्यक्षसमक्ष सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन्। पार्टीबाट अलग भएपनि आफू राजनीतिक मैदानमै रहने उनले जानकारी दिए।

‘विवेकशील साझाबाट अलग भएतापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेण्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुकरशुभचिन्तकहरूलाई जानकारी गराउँछु,’ उनले भनेका छन्।

विवेकशील साझा पार्टीबाट २०७४को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. ३बाट उम्मेदवार रहेका थिए।यसअघि आइतबार ३५ जना सदस्यले पनि पार्टी अध्यक्ष समक्ष राजीनामा बुझाएका थिए।

तपाईको प्रतिक्रिया