×

चितवन । चिकित्सकको लापहरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी) मा आफन्तले प्रदर्शन गरेका छन् ।भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका वर्ष ३६ का रमेश कुंवरको चिकित्सकको लापहरबाहीका कारण ज्यान गएको भन्दै उनका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

हिजो विहान ७ वजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए ।मृतक रमेशका ज्वाँई सागर कुंवरले आफ्ना जेठानको चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै निश्पक्ष छानविनको माग गर्दै अस्पताल घेराउ गरेको उज्यालो खबरलाई बताए ।

 

तपाईको प्रतिक्रिया