×

चितवन सेरोफेरो

चितवनमा सुस्तमनस्थिति भएकी बालिकामाथि बलात्कार, एक युवक पक्राउ

चितवनमा सुस्तमनस्थिति भएकी बालिकामाथि बलात्कार,  एक युवक पक्राउ
चितवन–चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो । उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन २ मा कृष्णभक्त पोखरेलले दर्ता गरे उमेदवारी

चितवन २ मा कृष्णभक्त पोखरेलले दर्ता गरे उमेदवारी
चितवन ।  चितवन क्षेत्र नं २ मा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले उमेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको लागि पोखरेलले उमेदवारी दर्ता गरेका हुन्। चितवन २ बाट उनी यसअघि पनि निर्वाचित भएका थिए। पोखरेलको प्रस्तावकमा प्रदेश कमिटी सचिव विजय सुवेदी र समर्थकमा एमाले नेता तेजेन्द्र खड्का रहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले दिए चितवन ३ मा स्वतन्त्र उम्मेदवारी

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले दिए चितवन ३ मा स्वतन्त्र उम्मेदवारी
चितवन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चितवन ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका कोइरालालाई पार्टीले टिकेट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्। २०७४ सालको स्थानीय चुनावमा उनी नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। तर पछि उनले फिर्ता लिनुपर्यो। भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णय केन्द्रबाटै भएपछि रेणु दाहालका लागि उनले उम्मेदवारी फिर्ता लि...

टिकट पाएपछि काभ्रेका कांग्रेस नेता हुमागाईंले ढोगे माटो

टिकट पाएपछि काभ्रेका कांग्रेस नेता हुमागाईंले ढोगे माटो
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ मा शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् । टिकट पाएपछि उनले काभ्रेको माटोलाई ढोगेर जनताको वाचा पूरा गर्ने कसमसमेत खाएका छन् । उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका हुन् । काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् । यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन् ।२०५६ सालमा सांसद ...

चितवन–३ मा पूर्वमन्त्री विक्रम पाण्डेले उम्मेदवारी दिदै

चितवन–३ मा पूर्वमन्त्री विक्रम पाण्डेले उम्मेदवारी दिदै
चितवन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुप कुमार भट्टराई माधव र चितवन–२ मा सफल युवा व्यवसायी तथा राप्रपा नेता रविन अधिकारीले उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । राप्रपाको बलियो जनाधार रहेको चितवन–३ मा प्रदेशतर्फ ३(क) मा राप्रपा बा...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मनोनयन आज हुँदै, चितवनमा दललाई छुट्टा–छुट्टै समय

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मनोनयन आज हुँदै, चितवनमा दललाई छुट्टा–छुट्टै समय
चितवन ।  आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्दै छ । उम्मेदवारले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गर्ने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ । मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको छ । कार्यालयका अनुसार आज विहान १०ः३० नेपाल मजदुर किस...

 चितवन ३ मा माओवादीको उम्मेदवार डा.भोजराज अधिकारी

 चितवन ३ मा माओवादीको उम्मेदवार डा.भोजराज अधिकारी
चितवन ।  मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिवार)  बसेको जिल्लाको बैठकले अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।चितवन ३ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो । यसपटक प्रचण्डले चितवन छाडेर गोरखामा उम्मेदवार बन्ने निर्णय गरिसकेका छन् । डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका...

चितवन क्षेत्र नं. १ बाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चुनाव लड्ने

चितवन क्षेत्र नं. १ बाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चुनाव लड्ने
चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. १ मा पार्टि उपाध्यक्ष सुरेन्द्र पाण्डेलाइ उठाउने निर्णय गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डेले चितवन क्षेत्र नं. १ बाट संघीय सांसदका लागि चुनाव लड्ने पक्का भएको हो । सो क्षेत्रमा नेता जेएन थपलिया र पाण्डेका विचमा कसले टिकट ल्याउने भन्ने प्रतिष्पर्धा थियो । चितवन क्षेत्र नं.१ लाई नेकपा एमालेले आफ्नो आधारइलाका भन्दै आएको छ ।

चितवन १ काे टिकटका लागि सुरेन्द्र पाण्डे र जेएन थपलियाकाे रस्साकस्सी

चितवन १ काे टिकटका लागि सुरेन्द्र पाण्डे र जेएन थपलियाकाे रस्साकस्सी
चितवन– नेकपा (एमाले) ले चितवन क्षेत्र नं.१ को टुंगो लगाउन ढिलाई गरेको छ । बागमती प्रदेशका सबैजसो जिल्लाको टिकट टुंगो लगाएको एमालेले बलियो मानिएको चितवन क्षेत्र नं.१ को टिकट टुंगो लगाउन ढिलाई गरेको छ । यस क्षेत्रबाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलियाको नाम सिफारिस भएपछि पार्टी नेतृत्वले टिकट टुंगो लगाउन ढिलाई गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थपलियालाई उम्मेदवार बनाउन चाहेका छन् । पाण्डे नेकपा विभाजन हुने क्रममा माधव नेपाललाई साथ दिएका थि...