×

चितवन सेरोफेरो

चितवनमा जुस उद्योगमा भिषण आगलागी

चितवनमा जुस उद्योगमा भिषण आगलागी
चितवन ।  पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा गएराती भिषण आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा राखिएको ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका पत्रकार सञ्जय चौधरीले जानकारी दिए । क्षतिको विवरण केहि बेरमा आउने बताइएको छ । फोटो : पत्रकार सञ्...

बरिष्ठ उपाध्यक्ष पाण्डेको नाम जोडेर रिट हाल्नु भ्रमको खेती : राप्रपा

बरिष्ठ उपाध्यक्ष पाण्डेको नाम जोडेर रिट हाल्नु भ्रमको खेती : राप्रपा
चितवन । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेको नाम समेत समावेश गर्दै उम्मेदवारी खारेजीका लागि अदालतमा दिइएको रिट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।वरिष्ठ उपाध्यक्ष पाण्डेको मुद्धा सम्मानित अदालतले गएको असार ६ गते नै निरुपण गरि सफाई दिइसकेको भन्दै भ्रममा नर्पन सबैमा आग्रह गरिएको छ । पार्टीका प्रवक्ता एवंम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञेप्तीमा वरिष्ठ उपाध्यक्ष पाण्डेलाई अदालतले सफाई दिइसकेको र राजनैतिक हक उ...

प्रधानमन्त्री देउवाले गरे जसपाका मन्त्री बर्खास्त

प्रधानमन्त्री देउवाले गरे जसपाका मन्त्री बर्खास्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरेका छन् । नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

चितवन ३ मा उम्मेदवारी फिर्ता लिएर एमालेको समर्थन कांग्रेसका बागीलाई

चितवन ३ मा उम्मेदवारी फिर्ता लिएर एमालेको समर्थन कांग्रेसका बागीलाई
चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ ।एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्म...

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टीले नै फिर्ता लियो

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टीले नै फिर्ता लियो
चितवन– चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा (एमाले) का अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ । पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठ काे हुन् ?

चितवन २ बाट उम्मेदवारी दिएका उमेश श्रेष्ठ काे हुन् ?
चितवन । नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर २ मा प्रभावशाली नेता उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । आज उनले २ नम्बर क्षेत्र को भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ३ बजेतिर संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।  प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र यहांँ अझै धेरै काम गर्न बाँ...

चितवन–१ मा कांग्रेसका बागी भन्छन् : ‘कम्युनिस्टलाई  टिकट दिएर सभापतिले ठूलो गल्ती गरे

चितवन–१ मा कांग्रेसका बागी भन्छन् : ‘कम्युनिस्टलाई  टिकट दिएर सभापतिले ठूलो गल्ती गरे
चितवन  । चितवन १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।यो क्षेत्रबाट कांग्रेसको आधिकारिक उम्मेदवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल छन् । पौडेललाई पार्टीले टिकट दिएपछि बुर्लाकोटीले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट व्यक्त गरेका छन् । उम्मेदवारी फिर्ता नगर्दा पार्टीले कारबाही गरेपनि भोग्न तयार रहेको उनले बताए । ‘बरु, विश्व पौडेलले उम्मेदवारी फिर्ता गर्नुपर्छ । मलाई समर्थन गर्नु...

नेपालीकाे विकासकाे सपना पुरा गर्न मेराे उम्मेदवारी

नेपालीकाे विकासकाे सपना पुरा गर्न मेराे उम्मेदवारी
-सुरेन्द्रप्रसाद पाण्डे  (चितवन-१ उम्मेदवार,नेकपा एमाले) जुन बेला अर्थमन्त्री भएको थिएँ, त्यति बेला माओवादी प्रतिपक्षमा र १० भन्दा बढी दल सरकारमा रहेका थिए । मुलुक कठिन परिस्थितिमा चलिरहेको थियो समस्यामा ने समाधान खोज्नुपर्छ भनेर मैले केही देख्दा महत्त्वकांक्षीजस्तो तर गर्न सकिने र गर्नु नै पर्ने केही योजना अघि सारे। मेरो अर्थमन्त्री कालमा सुरु गरेका केही योजना सम्पन्न भएका छन्।केही योजना निर्माणाधीन अवस्थामा छन् त्यति बेला मन्त्रालयमा रहेका र कार्यान्वयन गर्ने निकाय ए...

बस्ती छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा

बस्ती छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
भरतपुर । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो । ...