×

चितवन सेरोफेरो

उम्मेदवार बिक्रम पाण्डेकाे प्रश्न : माडीमा आकाशे पुल र सुरुङ बनाउछु भन्नेहरु कता गए ?

उम्मेदवार बिक्रम पाण्डेकाे प्रश्न : माडीमा आकाशे पुल र  सुरुङ बनाउछु भन्नेहरु कता गए ?
माडी ।  पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरी चुनावी मैदानमा आएको बताउनुभएको छ । माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताउनुभयो । “माडी मणी बनेपछि, आकाशे पुल, सुरुङ माग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, तर कुर्दा कुर्दै थाकियो”, उहाँले भन्नुभयो, “राष्ट्रिय लेभलको नेताले जितेपनि ५ वर्ष खेर गयो, अब माडी पछ...

मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु: उम्मेदवार श्रेष्ठ

मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु: उम्मेदवार श्रेष्ठ
चितवन ।चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताएका छन् । सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ३, बेलचोकमा मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘म सिस्टममा काम गर्ने मान्छे...

सन्दर्भ ६७ औँ प्रहरी दिवसः चौबीस घण्टे सेवा, न बिदा न सुविधा

सन्दर्भ ६७ औँ प्रहरी दिवसः चौबीस घण्टे सेवा, न बिदा न सुविधा
नारायण अधिकारी चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । प...

चितवन ३ का उम्मेदवार पाण्डेको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट खारेज

चितवन ३ का उम्मेदवार पाण्डेको उम्मेदवारी खारेजी माग गर्दै परेको रिट खारेज
चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त रिट खारेज गरिदिएको हो । अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका पाण्डेसहित विजयकुमार गच्छदार, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरी प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वो...

चितवनकाे विकासको लागि प्रतिबद्ध छु : उमेश श्रेष्ठ

चितवनकाे विकासको लागि प्रतिबद्ध छु : उमेश श्रेष्ठ
चितवन ।  चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले आफू समग्र चितवनको विकासको लागि प्रतिबद्ध रहेको बताएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ७, पिपलटारमा आइतबार घरदैलोका क्रममा मतदातालाई सम्बोधन गर्दै श्रेष्ठले आफू विकासको लागि प्रतिबद्ध रहेको बताएका हुन् । ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै चितवनलाई समृद्ध बनाउने अभिभारा निभाउने छु’ श्रेष्ठले भने, ‘चितवनमा जल छ, जमिन छ र जंगल छ । त्यसैले ...

‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ चितवनको पटिहानीमा सञ्चालनमा

‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ चितवनको पटिहानीमा सञ्चालनमा
चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जान...

नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु

नारायणीमा  नदीमा पौडी खेल्ने क्रममा डुवेर एक युवकको मृत्यु
गैँडाकोट । नारायणी नदीमा डुवेर एक युवकको ज्यान गएको छ । भतरपुर महानगरपालिका वडा नं. ४ गैँडाचाेक स्थित नारायणी नदीमा नुहाउने क्रममा डुवेर २५ वर्षका उदिप ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुर घर भएका ठकुरी दिउसो पौने ३ वजे नदीमा डुवेर बेपत्ता भएका थिए । साँझ साढे ५ वजे उनको शव सोहि स्थानमा भेटिएको प्रहरीले जनाएको छ ।

पूर्व अर्थमन्त्री पाण्डेद्धारा पल्पी जुस उद्योगमा भइरहेको आगलागीको निरीक्षण

पूर्व अर्थमन्त्री पाण्डेद्धारा पल्पी जुस उद्योगमा भइरहेको आगलागीको निरीक्षण
चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उत्पादन गर्ने उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि विहानै घटना स्थलमा पुगेका थिए । नेता पाण्डेले उद्योगका सञ्चालक व्यवसायी भेषराज दुवाडीलाई भेटेर क्षतिको विवरण तथा आगलागी हुनुको कारणबारे बुझेका थिए । उनले सञ्चालक दुवाडीलाई विचल्लन नहुँन र धैर्यता अपनाउन समेत आग्रह ग...

चितवनकाे फोर्ब्स कलेजको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण

चितवनकाे फोर्ब्स कलेजको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण
चितवन । इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जाललाई सहि प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटी सम्बन्धि पढाई भने कमै मात्र हुने गरेको छ । काठमाडौँ उपत्यका बाहिर फोर्ब्स  कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन । प्रहरीलाई समेत बेला बेलामा साइबर सेक...