चितवन । इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जाललाई सहि प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटी सम्बन्धि पढाई भने कमै मात्र हुने गरेको छ । काठमाडौँ उपत्यका बाहिर फोर्ब्स  कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन ।

प्रहरीलाई समेत बेला बेलामा साइबर सेक्युरिटी सम्बन्धि तालिम दिँदै आएको छ । पछिल्लो समय साइबर क्राइमका घटना बढ्दै जाँदा प्रहरीलाई नै टाउको दुखाईको विषय बनेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २०७४ सालमा स्थापना भएको फोब्स कलेजको मूख्य उद्धेश्य विशुद्ध प्राविधिक शिक्षा प्रदान गर्ने हो । यसले स्नातक तहमा ‘बिएचएम प्रोग्राम’ पनि सञ्चालन गर्दै आएको छ । उपत्यका बाहिर फोब्र्सले मात्र साइवर सेक्युरिटीको कार्यक्रम सञ्चालन गर्दै आएका प्रिन्सिपल हरिशरण पाठकको दाबी छ ।

कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुकासाथै अतिरिक्त कोर्सपनि गराइरहेको उनले बताए । यहाँ ३०० भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । इन्र्टनमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् । ‘यहि कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ । नेपालको युनिभर्सिटिले नपढाएको शिक्षा हामिले प्रदान गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ ।’ सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाई कस्तो होला भन्नेमा विद्यार्थीमा अन्यौलता थियो ।

पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उनी बताउँछन् । ‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन्’, उनले भने । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरु, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटि अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् । नेपालमा पछिल्लो समय ह्याकिङको घटना पनि बढिरहेको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भनेर जान्न पनि यस क्षेत्रको महत्व बढिरहेको उनी बताउँछन् । ‘काठमाडौँको तुलनामा यहाँ सस्तोमा पनि पढाइ भइरहेको छ ।

एउटा प्रोग्राम सात लाख ७५ हजार तिरेर विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने । कलेजले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर प्रहरीहरुलाई पनि साइवर सेक्युरिटीको तालिम दिने गरेको उनले बताए । सर्वसाधारणमा साइवर क्राइम सम्बन्धि जुनसुकै समस्या भएमा कलेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ । कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर पोल्याण्डस्थित युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्सबाट सम्बन्धन पाएको छ ।

कलेजको ब्याचलर इन होटल म्यानेजमेन्ट  कार्यक्रममा पनि विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् । विएचएमका विद्यार्थीलाई इन्टर्नकाे लागि होटलमा पठाउने, आन्तरिक प्रतिस्पर्धा गराउने र प्रस्तुती दिन लगाउने गरिएको उनले बताए । पढ्दै गर्दा पनि फिल्डमा गएर काम गरेको जस्तो अनुभव विद्यार्थीमा जागृत गराउन खोजिएको उनको भनाइ छ । ‘विएचमा पढेका विद्यार्थीहरु विशेषत होटलमा बढी केन्द्रित हुन्छन्, सर्भिस सिस्टम हुने ठाउँ होटलदेखि एयरलायन्ससम्म, टुर एण्ड टुरिजमदेखि गेस्ट वेलकम गर्ने जुनसुकै क्षेत्रमा विद्यार्थी जान सक्छन्’, उनले भने ।उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न भनेर यहाँ आउने गरेका छन् । कलेजमा चितवन र नवलपुरका विद्यार्थी धेरै छन् । यहाँ ३० भन्दा बढी प्राध्यापकहरुले पढाउने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया