गैँडाकोट । नारायणी नदीमा डुवेर एक युवकको ज्यान गएको छ । भतरपुर महानगरपालिका वडा नं. ४ गैँडाचाेक स्थित नारायणी नदीमा नुहाउने क्रममा डुवेर २५ वर्षका उदिप ठकुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुर घर भएका ठकुरी दिउसो पौने ३ वजे नदीमा डुवेर बेपत्ता भएका थिए । साँझ साढे ५ वजे उनको शव सोहि स्थानमा भेटिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया