चितवन–चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।
उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




