×

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ मा शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् । टिकट पाएपछि उनले काभ्रेको माटोलाई ढोगेर जनताको वाचा पूरा गर्ने कसमसमेत खाएका छन् ।

उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका हुन् । काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् ।

यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन् ।२०५६ सालमा सांसद बनेका हुमागाईले यसपटक कृष्ण सिटौलाको पावर लगाएर केन्द्रीय सदस्य मधु आचार्यको टिकट खोस्न सफल भएका छन् ।

आचार्य यसअघि बास्कोटासँग पराजित भएका थिए । उनी शेखर गगन समूहका नेता हुन् । बौद्धिक र संगठक छबी बनाएका आचार्यलाई अन्याय गरिएको भन्दै काभ्रे कांग्रेसमा असन्तुष्टी बढेको छ ।

तपाईको प्रतिक्रिया