चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. १ मा पार्टि उपाध्यक्ष सुरेन्द्र पाण्डेलाइ उठाउने निर्णय गरेको छ । मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पाण्डेले चितवन क्षेत्र नं. १ बाट संघीय सांसदका लागि चुनाव लड्ने पक्का भएको हो ।

सो क्षेत्रमा नेता जेएन थपलिया र पाण्डेका विचमा कसले टिकट ल्याउने भन्ने प्रतिष्पर्धा थियो । चितवन क्षेत्र नं.१ लाई नेकपा एमालेले आफ्नो आधारइलाका भन्दै आएको छ ।

तपाईको प्रतिक्रिया