
चितवन । चितवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङकाे टिप्परको ठक्करबाट ज्यान गएकाे हाे ।
आज दिउसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढ तर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक तनहुँको देवघाट गाँउपालिका ५ का ५१ बर्षिय बिक्रम तामाङ गम्भिर घाइते भएका थिए ।
घाइते तामाङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ३ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । टिप्पर र टिप्परका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।