×

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह(नेफेज)को स्थापनाको ३६ बर्षे इतिहासमा पहिलोपटक चितवनकी महिला पत्रकार रोशनी अधिकारी निर्वाचित हुनु भएको छ । नेफेजको हालैमात्र सम्पन्न ३७ औं साधारण सभाबाट रोशनी अधिकारी निर्वाचित हुनु भएको हो ।
समितिको उपाध्यक्षमा गोपाल तिवारी,महासचिवमा सबिन शर्मा , सचिबमाप्रगती ढकाल, कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन हुनु भएको छ । यस्तैे सदस्यहरुमा टिका बन्दना ,अभयराज जोशी, सृष्टि काफ्ले , सुजाता कार्की , शैलेन्द्र कार्की र लेखा समिति संयोजकमा विजयराज पौडेल चयन हुनु भएको हो । समितिको दुई वर्षे कार्यकाल हुनेछ ।

तपाईको प्रतिक्रिया