चितवन–आँपटारीस्थित न्यु भरतपुर विद्युत सबस्टेशनमा गएराती १ बजेदेखि प्राविधिक समस्या आएको छ । सबस्टेशनमा प्राविधिक समस्या आएपछि गणेशस्थान, औद्योगिक–३, कल्याणपुर, क्षेत्रपुर र देवघाट फिडर अवरुद्ध भएका छन् ।

समस्या समाधानको लागि प्राविधिकले काम गरिरहेकाले विद्युत सेवा सुचारु हुन केहि समय लाग्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया