
चितवन । चितवनको भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ दिपेन्द्र टोलका दिपक विकलाई असोज ६ गते बँदेलले आक्रमण गरेको थियो ।
घर अगाडि बँदेलको आक्रमणबाट घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको वडाध्यक्ष लेखराज पन्तले जानकारी दिनुभयो । विकको उपचारका लागि वडाले समेत आर्थिक सहयोग गरेको थियो ।