×

चितवन । चितवनमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं. ९ टिकौली जंगलमा बिरगंजबाट काठमाण्डौ तर्फ आई रहेको ना७ख ३७२३ नम्बरको तेल बोक्ने ट्याङकरले ठक्कर दिँदा स्थानीय ६१ वर्षका प्राण जवाराको मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार भरतपुरबाट टांडी तर्फ गई रहेको बा८३प ५५३ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएका जवाराको सााँझ ७ वजे नयाँँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । स्कुटरलाइ ठक्करदिने सवारी र त्यसका चालकलाइ प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया