×

चितवन । चितवनमा बच्चा चोरी गरेर लैजादै गरेको अवस्थामा भारतीय महिला पक्राउ परेकी छिन् ।भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जानगरबाट ४ बर्षिय बालकलाई ललाइफकाई लैजाँदै गरेको अवस्थामा भारतको रहसी बस्ने ३८ वर्षीया अनिता पाललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

बालकलाई घरबाट पाँचसय मिटर अगाडिसम्म पुर्याएकाे देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकी पालमाथि अपहरण तथा शरीर बन्धक सम्वन्धी मुद्धामा कारबाही गरिने प्रहरीले जनाएको छ ।पछिल्लो समय बच्चाचोरीका खबरहरु आइरहदाँ चितवनमा समेत बच्चा चोरीको घटना भएको हो ।

तपाईको प्रतिक्रिया