चितवन । विनोद प्रसाद तिमिल्सीनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल औषधी व्यवसायीसंघ चितवनको सातौँ जिल्ला अधिवेशन भरतपुरमा सम्पन्न भएको छ ।संघको उपाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठ, महासचिवमा तारानाथ अधिकारी, र सचिवमा टेकप्रसाद सापकोटा (बासु) विजयी हुनुुभएको छ ।
त्यसैगरी कोषाध्यक्षमा रुद्र प्रसाद सापकोटा र उपकोषाध्यक्षमा नवराज कंडेल निर्विरोध निर्वाचित भएको औषधी व्यवसायी संघ चितवनका नवनिर्वाचित महासचिव तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
सदस्यहरुको लागि भएको चुनावमा मेघनाथ पौडेल, विनोद नेपाल र विजयी श्रेष्ठ विजयी हुनुभएको छ । अध्यक्ष, कोषाध्यक्ष र उपकोषाध्यक्ष बाहेक अन्य पदका लागि चुनाव भएको थियो ।



















उज्यालो खबर









